सुर्खेत / कर्णाली प्रदेश सरकारले अध्यादेशमार्फत् प्रदेश लोक सेवा आयोग ऐन संशोधन गरेको छ ।
कर्णाली प्रदेश सरकारको सिरफारिसमा प्रदेश प्रमुख गोबिन्द प्रसाद कलौनीले मंगलबार प्रदेश लोक सेवा आयोग ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ लाई जारी गरेका हन् ।
२०७५ चैत २७ गते लोक सेवा आयोग ऐन प्रदेशसभाबाट पारित भएको थियो । ऐनमा केही कानुनी अड्चन भएकाले सरकारले २०७८ जेठ ३ गते संशोधनका लागि प्रदेशसभा सचिवालयमा दोस्रो संशोधन विधेयक दर्ता गरेको थियो ।
तर प्रदेशसभा बैठक नबसेकाले सरकारले उक्त विधेयक फिर्ता गरेर अध्यादेश मार्फत ऐन संशोधन गरेको हो ।