सुनसरी / सुनसरीको रामधुनी नगरपालिका –६ बकलौरीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७० वर्षीया नेहरी सदा रहेकी छन् ।

हिजो (सोमबार) दिउसो २ बजे प्रदेश नं १–०२–००३ त ०६३० नम्बरको ट्याकटरले सामान अनलोड गरी ब्याक गर्ने क्रममा डालाले लाग्दा सदा गम्भिर घाईते भएकी थिइन् । 

OM Sai Pathibhara Hospital

घाइते सदाको उपचारको क्रममा साढे ७ बजे धरानस्थित घोपामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ट्याक्टर र चालक सोही स्थानका ३२ वर्षीय आशिष बि.क. इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ ।