काठमाडौँ / काठमाडौँको सिनामंगलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ११ जना अफगान नागरिकलाई पक्राउ गरेको छ । 

सुनौली नाकाबाट गैरकानुनी रुपमा नेपाल भित्रिएको विशेष सूचनाको आधारमा ब्युरोले सोमबार बिहान उनीहरूलाई पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

पक्राउ परेका उनीहरु केही दिनअघि सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएका ब्युरोका सूचना अधिकारी श्यामकुमार महताेले जानकारी दिए । 

पक्राउ परेका उनीहरूलाई राष्ट्रसंघीय शरणार्थी उच्चायोगले सिनामंगलस्थित एक घरमा राखेको थियो । पक्राउ परेकालाई अध्यागमन कार्यालयमा बुझाउने तयारी भएको ब्युरोले जनाएको छ ।