उदयपुर / उदयपुरको भोर्ले जङ्गल बाट ५३ किलो गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका –९ स्थित सोरुमछबिसेका २० वर्षीय प्रेम परियार रहेका छन् ।
आज (सोमबार) बिहान साढे ३ बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई जङ्गलमा बोरामा गाँजा बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका परियारका साथबाट प्रहरीले ५३ किलो गाँजा बरामद गरेको छ ।