बिर्तामोड  / देशका केही भू–भागमा आज पनि वर्षा हुने भएको छ ।

नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

OM Sai Pathibhara Hospital

आज देशभर सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना समेत छ । महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।