दिक्तेल / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेल बजारमा पहिचान नभएका भुस्याहा कुकुरको टोकाइबाट १५ जना घाइते भएका छन् ।
कुकुरको टोकाइबाट घाइते भएकाहरूको जिल्ला अस्पताल दिक्तेलमा रेबिजविरुद्धको भ्याक्सिन लगाएर पठाइएको जिल्ला अस्पतालका प्रमुख डा. वैभव मल्लिकले जानकारी दिए । उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको बजारमा यसअघिदेखि नै कुकुरको बिगबिगी थियो । करिब दुई वर्षअघि पनि भुस्याहा कुकुरले जथाभावी मान्छेलाई टोक्न थालेपछि नगरपालिकाले नियन्त्रण गर्न थालेपछि चौतर्फी विरोध भएपछि स्थगन गरिएको थियो ।
भुस्याहा कुकुरको बिगबिगी बढेसँगै बजारमा रातका समयमा हिँडडुल गर्नसमेत समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।