सुर्खेत / सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –७ स्थित कट्कुवा सामुदायिक वनमा वम विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका –६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेका छन् ।
आज (शनिबार) बिहान पौने १० बजे एक्कासि बेवारिसे बम बिस्पोट हुँदा वनमा घाँस काट्न गएका दिदीभाइ घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
घर्तीका अनुसार बम कसले राख्यो, कसरी बिस्पोट भयो भन्ने बारे अनुसन्धान भइरहेको छ । घाइतेहरूको स्थानीय देउती अस्पताल सुर्खेतमा उपचार भैरहेको उनले बताए ।