बिर्तामोड / केही दिन देखि लगातार परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी एक सय ११ जनाको मृत्यु भएको छ भने अझै ३३ जना बेपत्ता रहेका छन् । 

मृत्यु हुनेमा प्रदेश १ मा ६६, सुदूरपश्चिममा ३४, कर्णालीमा ८, लुम्बिनीमा दुई र बागमती प्रदेशमा एक जना गरी जम्मा १११ जनाको मृत्यु भएको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । 

OM Sai Pathibhara Hospital

केन्द्रका अनुसार बाढीपहिरो र डुबानमा परी सुदूरपश्चिम प्रदेशमा २०, प्रदेश १ मा ९, लुम्बिनीमा २, प्रदेश २ र कर्णालीमा एक/एक जना बेपत्ता भएका छन् ।

साथै प्रदेश १ मा १८ जना, सुदूरपश्चिम प्रदेशमा १३ जना  र कर्णाली प्रदेशमा एक जना गरी जम्मा ३२ जना घाइते भएको केन्द्रले जनाएको छ ।

247328906_925763311374113_8095901630790833814_n