जनकपुरधाम / अस्पतालले मृत घोषित गरेका एक पत्रकार दाहसंस्कारको लागि घर ल्याएपछि जीवितै रहेको पाइएको छ ।

मस्तिष्कघात भएर विराटनगरमा उपचार गराइरहेका नेपाल पत्रकार महासंघ, प्रदेश २ का उपाध्यक्ष रमानन्द गुप्तालाई अस्पतालले शुक्रबार मृत घोषणा गरेको थियो । 

OM Sai Pathibhara Hospital

गुप्ताको निधन भएको भन्दै दाहसंस्कारका लागि लैजान लाग्दा उनको शरीर चल्न थालेकाे परिवारका एक सदस्यले जानकारी दिए । 

उनलाइ हाल उपचारका लागि लाहान अस्पताल पुर्याएको नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ की उपाध्यक्ष ज्योति झाले जानकारी दिइन्