विराटनगर / विराटनगर विमानस्थल आज (शनिबार) विहान देखि सञ्चालनमा आएको छ ।
बाढी पसेर मंगलबार दिउँसो देखि बन्द भएको विमानस्थलको शुक्रबार साँझसम्ममा सरसफाइ सकेर आजबाट सञ्चालनमा आएको हो ।
प्राधिकरण स्रोतका अनुसार तत्कालका लागि आईएफआर (उपकरणमा आधारित) उडान नगरी भीएफआर उडान मात्र हुने भएको छ ।
उपकरणहरू चुस्त रहेको निश्चित भएपछि भने आईएफआर उडानसमेत हुनेछ । आईएफआर उडान भएको अवस्थामा रात्रिकालीन उडान समेत सम्भव हुन्छ ।
दुई दिनसम्म उपकरणहरूको परीक्षणपश्चात् विमानस्थल सञ्चालनमा आएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसोको समयमा मौसम सफा भएको अवस्थामा उडान गर्ने गरी अनुमति दिएको थियो ।
सोहीअनुसार आज बिहानैदेखि उडान सुरु भएको नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।