बिर्तामोड / बाढी पसेर अवरूद्ध भएको विराटनगर विमानस्थल शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
लगातार परेको वर्षाका कारण आएको बाढी बुधबार विमानस्थलमा पसेपछि उडान बन्दा गरिएको थियो ।
विमानस्थलको शुक्रबार सरसफाइ सकेर शनिबार बिहानसम्ममा सञ्चालनमा ल्याउने तयारी रहेको विराटनगर विमानस्थल प्रमुख उत्सव खरेलले जानकारी दिए ।
‘पानी घटी सकेकाले टर्मिनल भवन सरसफाइ भइरहेको छ‚’ उनले भने, ‘त्यस्तो कुनै समस्या आएन भने भोलि (शनिबार) बिहानसम्म नियमित उडान भर्ने तयारी गरेका छौँ।’
विमानस्थल मंगलबार दिउँसो ४ बजेपछि उडान र अवतरण बन्द भएको थियो।