बिर्तामोड /  हाल नेपालमा देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको छ । 

अहिले प्रदेश नं १ र बागमती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

OM Sai Pathibhara Hospital

दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक र दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पानी सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ ।