बिर्तामोड / सोसल मिडिया कम्पनी फेसबुकले नाम परिवर्तन गर्ने भएको छ । युवा प्रयोगकर्ताहरूको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागेपछि फेसबुकले आफ्नो नाम परिवर्तन गर्ने भएको हो ।
फेसबुकका सिइओ मार्क जुकरबर्गले आगामी अक्टोबर २८ मा हुने फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा फेसबुकको नाम परिवर्तन गर्ने बताउने भएका छन् । उनले फेसबुकलाई सोसल मिडिया भन्दा बृहत भएको कम्पनीको रुपमा चिनाउन चाहेको बताएका छन् ।
फेसबुक कम्पनीले आफ्ना सोसल नेटवर्किङ प्लाटफर्महरु र अग्मेन्टेड रियालिटी तथा मेटाभर्स लगायतका प्रोजेक्टहरुको बीचमा विभाजनको रेखा खिच्नेछ ।
पछिल्लो समय आफ्नै पूर्वकर्मचारीले सुलसुलेको रुपमा अमेरिकी संसद्मा फेसबुकका गोप्य तथ्यहरुको खुलासा गरिदिएसँगै फेसबुक दबाबमा परेको छ ।
फेसबुकले पछिल्लो समय स्मार्ट चश्मा लगायतका कन्जुमर हार्डवेयर उत्पादन सुरु गरिसकेको छ र यसका लागि १० हजार भन्दा धेरै कर्मचारी खटाइसकेको छ । फेसबुकलाई मेटाभर्स कम्पनीको रुपमा स्थापित गरिने कम्पनीका प्रवक्ताको भनाई छ ।