बिर्तामोड / आइतबार देखि लगातार परेको अविरल वर्षाका कारण झापाका विभिन्न स्थानका ३६१ घरपरिवार विस्थापित भएका छन् । 

वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण विस्थापित भएका परिवारहरूलाई सामुदायिक भवन, विद्यालय, रेडक्रस, चर्चलगायतका सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

तिम्सिनाका अनुसार कनकाई, विरिङ र मेची नदीमा आएको बाढी पसेर गौरीगञ्ज, झापा गाउँपालिका, शिवसतासी र भद्रपुर नगरपालिकाका केही बस्ती डुबानमा परेका छन् । 

डुबान क्षेत्रमा पानीको मात्रा घट्दै गए पनि पहाडी क्षेत्रमा परेको पानीका कारण खोलानालामा पानीको बहाव नघट्दा समस्या भइरहेको तिम्सिनाले बताए ।

उनले डुबान क्षेत्रका सबै परिवारलाई सुरक्षित स्थानमा सार्नुको तत्काल विकल्प नरहेको बताए ।