सिन्धुपाल्चोक / सिन्धुपाल्चोकमा १० मिनेटको अन्तरालमा दुई पटक भुकम्प गएको छ । पाङफुङ केन्द्रबिन्दु भएर आज (सोमबार) दिउँसो लगातार दुई पटक भुकम्प गएको हो । 

पहिलो पटक १ बजेर ४६ मिनेट र दोस्रो पटक १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

OM Sai Pathibhara Hospital

भूकम्पको धक्का आसपासका जिल्लाहरू र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन । 

यसअघि आइतबार बिहान गोरखा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।