डडेल्धुरा / धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ख १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना भएको छ । दुर्घटनाबाट १६ जना घाइते भएका छन् । घाइते हुनेमा ६ महिला, २ बालबालिका र ८ पुरुष छन् ।
बस ब्रेक फेल भएर मंगलबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । बसमा ५०र६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए ।