विराटनगर / मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन बैंकमा लुटपाट भएको छ । समूहमा आएका लुटेरा समूहले बैंकका सुरक्षा गाडीमाथि तीन गोली चलाएर बैंकमा लुटपाट गरेको हो ।
गोली लागेका गार्ड घाइते भएका छन् भने लुटपाटको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
गोली चलेको सूचना पाए लगत्तै मोरङ प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार पाँच जनाको समूहमा आएको लुटेरा समूहले लुटपाट गर्न खोज्दा गोली चलेको हो ।
लुटेरामध्ये दुई जना तल र दुई जना बैँकको काउन्टरसम्म पुगेको प्रत्यक्ष दर्शीले बताएका छन् । लुटपाटको पूर्ण विवरण भने आइ नसकेको प्रहरीले जनाएको छ ।