बिर्तामोड / पर्यटकीय क्षेत्र अन्नपूर्ण गाउँपालिकामा भएको सडक दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका –११ घान्द्रुक जाँदै गरेको जिप दुर्घटनामा परी आठ जनाको मृत्यु भएको हो ।

पोखराको हरिचोकबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जिप अपराह्न २ः०० बजे  अन्नपूर्ण को कलाभीर भन्ने ठाउँमा सडकबाट  ११० मिटर तल खसेको थियो ।

OM Sai Pathibhara Hospital

दुर्घटनामा परी जिपका चालकसहित ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट घुम्न गएका ६ पुरुष, १ महिला र जिपका चालक खुसीमान क्षेत्रीको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । जिपमा चालकसहित १० यात्रु सवार रहेका थिए ।

घाईते एक जनाको भने प्रहरीले उद्धार गरेको छ भने एक महिला भने पछाडिको डिक्की खोलेर बाहिर निस्किन सफल भएको बताईएको छ । चालक बाहेक ७ मृतकको भने सनाखत हुन बाँकी नै रहेको छ ।