स्याङ्जा / स्याङ्जाको वालिङ नगरपालिका –१० मदी खोलामा आइतबार साँझ जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गल्याङ नगरपालिका –१० का ७७ वर्षीय दलबहादुर पल्ली र सोही ठाउँका ३२ वर्षीया गङ्गा पल्ली रहेका छन् । 

OM Sai Pathibhara Hospital

वालिङबाट गल्याङ नगरपालिका –१० लाखुडाँडातर्फ जाँदै गरेको ग१ज ४९१८ नम्बरको जिप कच्ची सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको थियो । 

उक्त जिपमा १९ जना सवार थिए । अन्य १७ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनालाई थप उपचारका लागि पोखरा लगिएको छ ।

सामान्य घाइते भएकाहरूको अहिले गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचार भइहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।