काठमाडौँ / ललितपुरकी कमला तामाङको हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरका २३ वर्षीय सविन प्रजा, उनकी पत्नी प्रवीना प्रजा (माझि) र मोरङका २० वर्षीय सुमन मगर रहेका छन् । 

OM Sai Pathibhara Hospital

नुवाकोट घर भइ ललितपुर बस्ने ४५ वर्षीया कमला गत भदौ २५ गते मृत फेला परेकी थिइन् ।

मान्छे मरेको डोरीको ‘पासो’ महङ्गोमा बिक्री हुने हल्ला सुनेपछि उनीहरूले योजनाबद्ध रुपमा कमलाको हत्या गरेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए । 

कमलाको हत्या गरेको भोलिपल्ट बिहान उनीहरूले नुहाइ धुवाई गरेर पासोलाई पूजा गरेर खोलामा बगाएको अनुसन्धानबाट थाहा भएको एसएसपी खापुङले बताए ।