इटहरी / जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक थुनुवा मृत फेला परेका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मदह किमसाह आज बिहान मृत फेला परेका हुन् ।
किमसाहको मृत्युपछि जिल्ला प्रहरी कार्यालय सहित इनरुवा तनावग्रस्त बनेको छ । मृतकका आफन्तले छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै बिहानैदेखि इनरुवामा सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।
पीडितका आफन्त सहित ठूलो सङ्ख्याको भीडले प्रहरी माथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ । ढुङ्गामुढा पश्चात प्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधादर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ ।
झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन् । प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरूले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छन् ।