बिर्तामोड / नेपाल टेलिकमले प्रदेश नम्बर एकमा आईपीटिभी सेवा एनटीटिभी सञ्चालनमा ल्याएको छ । कम्पनीले प्रदेश एकमा शुक्रबारदेखि सेवा सुरु गरेको हो । 

कम्पनीले नेपालमा २०७७ पुस १७ गते देखि यो सेवा सुरु गरेको हो । यसको एउटै अप्टिकल फाइबरमा टेलिफोन, इन्टरनेट र टिभी उपलब्ध हुन्छ । 

OM Sai Pathibhara Hospital

यो सेवा फाइबर नेटवर्क विस्तार भएका अन्य स्थानहरूमा दशैँ पछाडि र तिहार अघि नै शुरु गरिने नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक सूर्यनारायण मालाकारले जानकारी दिए । 

निर्देशक मालाकारले सेवा विस्तारसँगै आवश्यक पर्ने ग्राहकको सपोर्टका लागि प्राविधिक जनशक्ति समेत थप्दै लैजाने तयारी भइरहेको बताए ।