दाङ / दाङमा एक युवकको खोलामा बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –६ का २६ वर्षीय गुरुप्रसाद चौधरी रहेका छन् । 

चौधरीको शुक्रबार बिहान गाउँ नजिकैको खोलमा डुबेर मृत्यु भएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए। 

OM Sai Pathibhara Hospital

चौधरी छारे रोगका बिरामी थिए । छारे रोगकै कारण चौधरीको नदि तर्ने क्रममा डुबेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको एसपी काफ्लेले बताए ।