काठमाडौं / नेपाल प्रहरीले करिब ६०० को सङ्ख्यामा जागिर खुलाएको छ ।
प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक (प्रसनि) र प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदमा दरखास्त आह्वान गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी सहायक निरीक्षकमा ३६७ जना माग गरिएको छ । प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ । प्रसनिका लागि ३०० र प्रहरी जवानलाई १५० रुपैयाँ दस्तुर लाग्ने जनाइएको छ । उक्त पदहरूमा कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवेदन दिन सकिने छ ।