बिर्तामोड // झापाको बिर्तामोडस्थित नमस्ते प्लाइ उद्योगमा लागेको आगो केहीबेर अघि नियन्त्रणमा आएको छ।
बिर्तामोड नगरपालिका ,भद्रपुर नगरपालिका ,मेची नगरपालिकाबाट पुगेको दमकल, उद्योगमा सञ्चित पानी र प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा
आएको हो।
बिर्तामोड नगरपालिका- २ मा रहेको उक्त उद्योगमा बिहीबार साँझ आगलागी भएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बताएका छन् ।
आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको उद्योगका सञ्चालक राजु जैनले बताएका छन् ।