काठमाडौँ / सर्वोच्च अदालतले मालपोत कार्यलय चावहिलसँग तारागाउँको ३४ रोपनी जग्गाको सक्कली फाइल माग गरेको छ । 

२०३४ सालमा सरकारले अधिग्रहण गरेको तारागाउँ विकास समितिको स्वामित्वमा रहेको ३०४ रोपनी जग्गामध्ये ३४ रोपनी जग्गामा आफ्नो भएको दावी गर्दै गोप कुमारी थापा र कुवेर शम्सेर थापाले मुद्दा दायर गरेका थिए । 

OM Sai Pathibhara Hospital

सोही मुद्दाको विषयमा बुधबार सर्वोच्चले मालपोत कार्यालय चावाहिलसँग सबै सकल फाइल मगाउने गरी पत्र काटेको हो । 

गोप कुमारी थापा र कुवेश शम्सेर थापाले वडा नम्बर ६ को कित्ता नम्बर ६,९,११,१२, १३, १७,१८,६४,१४ तथा १०२,१०३,११६,९५,९६ र २५१ नम्बरको प्लटको जग्गा आफ्नो भएको दावी गर्दै आएका छन् ।