बिर्तामोड / नेपाल वायु निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन् ।
उनको शव काठमाडौँ –७, बुलबुलेमा निर्माणाधीन घरको अगाडि फेला परेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।
एसएसपी सिंहका अनुसार उनले सोही निर्माणधीन घरको चार तलाबाट आम फालेको नजिकै रहेको सीसी क्यामरामा कैद भएको छ । सिंहले भने, –‘क्यामरामा चतुर्वेदी घरको माथि गएको र झरेको दुवै कैद भएको छ ।’
चतुर्वेदी डिप्रेसनको शिकार रहेको प्रहरीको दाबी छ । तर, उनले आफैँले किन हामफाले भन्ने कुरा अहिले सम्म खुल सकेको छैन ।
प्रहरीले चतुर्वेदीको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाउने तयारी गरेको छ ।