बिर्तामोड / पुरुषलाई हनिट्रयापमा पारेर लुटपाट गर्ने दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोककी युनिसा मगर उर्फ र सुनिता तामाङ उर्फ (रोशनी) रहेका छन् ।

उनीहरूले हनिट्रयापमा पारेर दोलखाका एक पुरुषको साढे तीन तोलाको सिक्री लुटेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

सनितासँग ती पुरुषको तीन महिना अघि सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो । केही दिन अघि सुनिता र उनकी साथी युनिसाले ति पुषलाई फेन गरेर होटलमा भेट्न बोलाएका थिए । 

युनिसाले टिकटक बनाउँछु भन्दै पुरुषको ३७ दशमलव ५ ग्रामको सुनको सिक्री मागेर भागेकी थिइन् । युनिसा भागेपछि सुनिता पनि उनलाई छाडेर हिँडिन् । फोन गरेर सिक्री माग्दा ‘हामीसँग भिडियो छ, पुलिसकहाँ गएमा फसाउँछौं’ भनेर उनीहरूले ब्ल्याकमेल गरेका थिए ।

उनीहरूले त्यो सिक्री भोलिपल्ट १ लाख ६३ हजारमा टिकाथलीमा रहेको सुन पसलमा बेचेको प्रहरीको अनुसन्धानबाट पत्तालागेकाे छ ।  

उनीहरूलाई थप अनुसन्धान र कारवाहीका लागी महानगरीय प्रहरी परिसर जावलाखेलमा बुझाइएको एसएसपी खापुङले बताए ।