बिर्तामोड / गृह मन्त्रालयले चीनसँग सीमा जोडिएको हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । 

गत असोज १० गते सीमा क्षेत्र सम्बन्धी अध्ययन गर्न गठित गृहमन्त्रालयका अधिकारी जयनारायण आचार्यसहितको समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्ययन प्रतिवेदन बुझाएको थियो ।

OM Sai Pathibhara Hospital

समितिले दिएको सुझावको आधारमा गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको गृह मन्त्रालयका सह–प्रवक्ता दिलकुमार तामाङले जानकारी दिए । 

स्रोतका अनुसार सीमा क्षेत्रमा उब्जेका केही विषयहरूमा द्विपक्षीय सहकार्य गरेर समाधान गर्न समितिले सुझाव दिइएको छ ।

उक्त समितिमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक किशोरकुमार श्रेष्ठ सदस्य थिए । 

उक्त टोली भदौ २५ मा स्थलगत अध्ययनको लागि हुम्ला गएको थियो । असोज २ गते उक्त अध्ययन टोली काठमाडौं आएर प्रतिवेदन लेखेको हो ।