काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको ९ एन ए एन एफ जहाज पार्किङबाट रनवेतर्फ गर्दा दुर्घटनामा परेको छ ।

नेपालगञ्जका लागि उडान भर्ने तयारीमा रहेको जहाज आज (मंलबार) बिहान १० बजे रनवेमा चिप्लिएर दुर्घटना भएको हो । 

OM Sai Pathibhara Hospital

उडानको लागि करिब ८० जना यात्रु लिएर अघि बढ्दै गरेको जहाजको एउटा टायर धसिएको थियो । धसिएको जहाजको चक्का निकाल्ने काम भइरहेको विमानस्थलका महानिर्देशक प्रताप तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार यात्रुलाई अर्को जहाजमा राखेर पठाउने तयारी भइरहेको छ ।