काठमाडौं / उपत्यकाभित्र चोरी तथा पाकेटमारमा संलग्न दुई सय सात जनालाई प्रहरीले पक्राउ गरेको छ। २० दिनको अपरेसनपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
महानगरीय प्रहरी परिसरका अनुसार दसैँ लक्षित सुरक्षा कार्यक्रम सञ्चालनका क्रममा उनीहरूलाई पक्राउ गरिएकाे हाे ।
पक्राउ पर्नेमध्ये एक सय ६१ विरुद्ध अनुसन्धान जारी छ। बाँकी ४६ जना पुर्पक्षका लागि जेल चलान भइसकेका छन्। कसुर प्रमाणितपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा उनीहरू जेल चलान भएको परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए।
प्रहरीका अनुसार उनीहरूलाई चाबहिल, कोटेश्वर, कलंकी, सातदोबाटो, नयाँ बसपार्क, बालाजु क्षेत्रबाट पक्राउ गरिएको हो।