बिर्तामोड / झापामा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका –२ सुकेडाँगीका ४२ वर्षीय राज बहादुर राई रहेका छन् । 

आइतबार दिउँसो साढे २ बजे घिरौला टिप्न रूखमा चढेका राई रुखबाट लडेर गम्भिर घाईते भएका थिए ।

OM Sai Pathibhara Hospital

घाईते राईको उपचारको लागी बिर्तासीटी अस्पताल बिर्तामोडमा उपचार गराई थप उपचारको लागी नोवेल अस्पताल विराटनगर तर्फ ल्याउने क्रममा बेलुका साढे ६ बजे बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।