सिन्धुपाल्चोक / सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ७:५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ।

OM Sai Pathibhara Hospital

वि.सं. २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० परकम्प गइसकेको छ।