बिर्तामोड / प्रदेश एकका तिन छुट्टाछुट्टै स्थानमा शनिबार भएको सवारी दुर्घटनामा परी ४जनाको मृत्यु भएको छ । 

तेह्रथुमको ग्रामीण सडक खण्डमा को २ त ८४२६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खस्दा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा लालिगुराँस नगरपालिका ५का पञ्च बहादुर मङग्रातीको घटनास्थलमा नै मृत्यु भएको थियो भने हिम बहादुर सार्कीलाई उपचारको लागी धरान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

यसैगरी सुनसरीमा शनिवार को १९ प ५०८ नम्बरको मोटरसाइकल आफै अनितन्त्रीत भई बिजुलीको पोलमा ठोक्किँदा घाईते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ ।  मोटरसाइकल चालक दुहबी नगरपालिका-११ का ईश्वरचन माझी लाई उपचारको लागी टिचिङ अस्पताल विराटनगर पठाइएको थियो  । 

यस्तै दुहबीमा शनिवार साँझ ना ५ ख ४५१३ नम्बरको बसले बाटो क्रस गर्दै गरेका पैदल यात्री लाई ठक्कर दिँदा घाइते भएका ब्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । बसको ठक्करबाट घाइते भएका पवन चौधरीलाई उपचारको लागी विराट मेडिकल कलेज पठाइएको थियो । 

सवारी दुर्घटना सम्बन्धी भएका उक्त घटनाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।