काठमाडौं //इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले विद्युत् प्राधिकरणले तार काटेर आफ्नो पूर्वाधारमा ठूलो क्षति पुर्याएको दाबी गरेको छ ।

विद्युत् प्राधिकरणले कानुन विपरीत विभिन्न सहरका मुख्य स्थानमा सेवा प्रवाहको लागि प्रयोग भएको फाइबर तार छानी छानी काटिदिएको आइस्पानले शनिबार विज्ञप्ति जारी गरेर जानकारी गराएको छ।

OM Sai Pathibhara Hospital

सरकारले अति आवश्यक सेवाको रुपमा स्थापित गरिसकेको इन्टरनेट सेवालाई खिल्ली उडाएर ठप्प पार्ने हेतुले नेपाल विद्युत् प्राधिकरणले यस्तो गैरकानुनी क्रियाकलाप गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्राधिकरणले धरानसहित  धनकुटा, ताप्लेजुङ, खाडीचौर, काठमाडौं,भरतपुर, विराटनगर, धनगढीका विभिन्न स्थानमा इन्टरनेट सेवा प्रदायकको तार काटेको छ ।

भरतपुर र विराटनगरमा प्राधिकरण कर्मचारीले मुख्य मुख्य ठाउँमा इन्टरनेट सेवा प्रवाह गरिरहेको फाइबर तार छानी-छानी काटेको विज्ञप्तिमा दाबी गरिएको छ ।