काठमाडौँ / अपहरण गरी नेपाल ल्याइएका एक भारतीय नागरिकको सप्तरीबाट प्रहरीले उद्धार गरेको छ । भारतको बिहार राज्यका २२ वर्षीय शंकरकुमार साहलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सप्तरीको बलान विहुल गाउँपालिकाबाट उद्धार गरेको हो । 

शाह बलान बिहुल गाउँपालिका –५ रामनगरस्थित नेपाल भारत सीमानजिक झाडीमा खुट्टामा साङ्लोले बाँधेर राखिएको अवस्थामा फेला परेका सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

साहको अज्ञात समूहले अपहरण गरी नेपालको दशगजातर्फ लगेको सूचना भारतीय प्रहरीले दिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले अपहरितको खोजी गरेको थियो ।

अपहरित साहलाई उद्धार गरिएपनि अपहरणकारी फेला नपरेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए ।