बिर्तामोड / नेपाल विद्युत प्राधिकरणले पोलको भाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काटेन थालेपछि देशभर इन्टरनेट अवरुद्ध भएको छ । इन्टरनेट कम्पनीले पोलको भाडा तिर्न नमानेपछि तार काटिदिएको प्रधिकरणले जनाएको छ । 

पछिल्लो समय प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीबीच पोल भाडाको विषयमा विवाद भइरहेको छ । प्राधिकरणले अव्यवस्थित तार व्यवस्थित बनाउने भन्दै पोल भाडा वृद्धि गरेपछि इन्टरनेट कम्पनीले पोल भाडा नतिर्ने भन्दै अडान लिइरहेको छ । 

OM Sai Pathibhara Hospital

‘प्राधिकरणले देशभर रहेका आफ्ना १२९ वितरण केन्द्रमार्फत हरेक ठाउँमा सांकेतिक रुपमा तार काटेको इन्टरनेट सेवाप्रदायक संघ नेपालका अध्यक्ष सुधीर पराजुलीले बताए ।  

प्रत्येक वितरण केन्द्रले व्यवसायीलाई तर्साउने गरी एउटा/एउटा तार मात्रै काटेका छन् । काठमाडौं उपत्यकाका १० वटा वितरण केन्द्रमार्फत पनि एउटा/एउटा तार काटिएको प्राधिकरणले बताएको छ ।

यद्यपि, प्राधिकरणले डिसहोम, सीजी नेट र एनसेल लगायत कम्पनीको तार भने काटेको छैन ।