बिर्तामोड / दुई वर्ष पुरानो निहत्था नागरिकको हत्याको फेक इन्काउन्टर प्रकरणका विषयमा जाहेरी दर्ता गरी अनुसन्धान गर्न सर्वोच्च अदालतले प्रहरीलाई आदेश दिएपछि दल वदलु नेता भनेर चिनिएका एमाले नेता राम बहादुर थापा बादलको राजनैतिक यात्रामा कालो बादल मडारिन थालेको छ ।

२०७६ साल असार ५ गते दोहोरो भिडन्तका नाममा प्रहरीको  ‘फेक इन्काउन्टर’ मा मारिएका नेकपाको विप्लव समुहका नेता भनिएका कुमार पौडेलको हत्याका विषयमा जाहेरी दर्ता गरी अनुशन्धान गर्न अदालतले आदेश दिएपछि बादलको राजनिती संकटमा परेको हो ।

माओवादी केन्द्र छाडेर एमालेमा नै बसेका बादल पनि हत्याको अभियोगमा अनुशन्धानको दायरामा तानिएका हुन् । आफु गृहमन्त्री रहेको समयमा भएको पौडेलको हत्याका विषयमा राष्ट्रिय मानवअधिकार आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन नगरी संसदिय समितिलाई समेत छल्न सफल भएका बादल अनुशन्धानको घेरामा तानिएपछि एमाले भित्रै भरखरै सुरु भएको उनको महत्वकांक्षी यात्रामा अवरोध पर्ने भएको छ ।