बिर्तामोड / इलामको इलाम नगरपालिका –८ स्थित जिरो–धोबिधारा सडक खण्डमा पहिरो जाँदा मेची राजमार्ग अवरुद्ध भएको छ । शनिबार बिहान सो क्षेत्रमा सुख्खा पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको हो । 

पहिरोका कारण झापाबाट इलाम हुँदै पाँचथर, ताप्लेजुङ जाने र त्यहाँबाट तराई झर्ने सवारी साधनलाई आवतजावत गर्न रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ।

OM Sai Pathibhara Hospital

ट्राफिक प्रहरी कार्यालयका अनुसार राजमार्गमा अवरुद्ध हुँदा वैकल्पिक बाटो प्रयोग गरेर साना सवारी साधनको आवागमनलाई सहज बनाइएको छ।

सडकको करिब आधा भाग पहिरोले बगाएको छ । पहिरो गएको सडक क्षेत्रको अवस्था हेर्दा सडक निर्माण हुन केही दिन लाग्न सक्ने प्रहरीले अनुमान गरेको छ।