रूपन्देही / रूपन्देहीको सैनामैना नगरपालिकाकी उपमेयर बिना मगरकाे गाडिले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।
घाइते हुनेमा तिलोत्तमा नगरपालिका –२ का ७० वर्षीय बालकृष्ण गौतम र उनकी श्रीमती ६० वर्षीया लक्ष्मी गौतम रहेका छन् ।
बुटवलतर्फ आउँदै गरेको लु १५ प ६८४४ नम्बरको मोटरसाइकललाई लु १ झ ३९३ नम्बरको स्कारपियोले आज बिहान सैनामैना नगरपालिका –५ बुद्ध नगरमा ठक्कर दिएको थियो ।
उपमेयर चढ्ने गाडी कार्यालय जाने क्रममा मोटरसाइकललाई ठक्कर दिएको हो। उक्त गाडी उपमेयर चढ्ने भएपनि उपमेयर मगर भने सवार रहेकी थिइनन् ।
घाइते दुवैको अवस्था सामान्य र उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रमुख योगेन्द्रसिंह थापाले जानकारी दिए ।