काठमाडौँ  / काठमाडौंमा आज (बिहीबार) देखि अनावश्यक रूपमा भिडभाड, मेला र महोत्सव गर्न नपाइने भएको छ ।

जिल्‍ला प्रशासन कार्यालय काठमाडौँले अर्को आदेश नभए सम्मका लागि आज राति १२ बजेदेखि यस्तो व्यवस्था लागू गरेको हो ।  

OM Sai Pathibhara Hospital

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरू जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने उल्‍लेख छ ।

त्यस्तै बैठक गोष्‍ठी, सेमिनारहरू गर्नु परे भर्चुअल माध्यमबाट गर्नुपर्ने छ । कोभिड –१९ को संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरू पनि सांकेतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ ।