बिर्तामोड / झापाको भद्रपुरस्थित भद्रपुर– गलगलिया सीमा नाका भोलि (शुक्रवार)देखि सञ्चालनमा आउने भएको छ ।

कोरोना महामारीले विगत १९ महिनादेखि बन्द रहेको भद्रपुर नाका शुक्रबारबाट पुनः सञ्चालनमा आउने भएको हो । 

OM Sai Pathibhara Hospital

असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सबै सीमा नाका खुल्ला गर्ने निर्णय गरेपछि भद्रपुर नाका पुनः सञ्चालन गर्न लागको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । 

गृह मन्त्रालयबाट नाका खुलाउन भन्दै परिपत्र पठाएपछि काँकडभिट्टा र भद्रपुर नाका खुलाउन लागेको तिम्सिनाले बताए । 

उनका अनुसार नाकाबाट आवतजावत गर्दा अनिवार्य पीसीआर रिपोर्ट वा खोप कार्ड देखाउनु पर्ने हुन्छ । सोही स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार नाका खुलाउन लागेको उनले बताए ।