काठमाडौँ / ललितपुरबाट प्रहरीले तीन किलो चरेस सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका अञ्जित थापा रहेका छन् । 

कार्गोमार्फत चरेस हङकङ पठाउने तयारी गरिरहेका बेला विशेष सूचनाको आधारमा खटिएको लागूऔषध नियन्त्रण ब्युरो ललितपुरको टोलीले उनलाई ललितपुरको मानभवनबाट पक्राउ गरेको हो । 

OM Sai Pathibhara Hospital

पक्राउ परेका थापाको साथबाट प्रहरीले तीन किलो चरेस बरामद गरेको छ । पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।