गुल्मी / गुल्मीमा चट्याङ लागेर एउटै गाउँका ९ जना घाइते भएका छन् । इसमा गाउँपालिकाको एक टोलमा चट्याङ पर्दा चट्याङले लागेर उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेमा ५० वर्षीय झके नेपाली, १९ वर्षीय रिता नेपाली, २४ वर्षीया लक्ष्मी नेपाली, १९ वर्षीया लक्ष्मी नेपाली, २२ वर्षीया सीता नेपाली, ४५ वर्षीय तेजबहादुर नेपाली, ३२ वर्षीया पार्वती नेपाली र २९ वर्षीया जलपा नेपाली रहेका छन् ।
उनीहरूको स्थानीय मेडिकल मै उपचार भइरहेको प्रहरी प्रवक्ता डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको छ भने उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
चट्याङ लागेर घाइते भएका तेजबहादुर नेपालीको एउटा गोरु पनि मरेको छ ।