बिर्तामोड  / बेलायतमा एक कम्पनीले नेपाली कोदोको रक्सीको उत्पादन गरी बजारमा बिक्री शुरु गरेको छ ।

नेपालीहरूले सञ्चालन गरेको कोदो लिमिटेड कम्पनीले बेलायतमा कोदोको रक्सी उत्पादन गरी बजारमा बिक्री शुरु गरेको हो । 

OM Sai Pathibhara Hospital

उक्त रक्सी यही अक्टोबर १० अल्डरशटमा औपचारिक रुपमा उद्घाटन गर्न लागेको कोदो लिमिटेडका निर्देशक जनक राईले जानकारी दिए । 

राईका अनुसार सो कम्पनीले  ‘प्योर कोदोको रक्सी’ र ‘तीनपाने कोदोको रक्सी’ गरी दुई प्रकारको रक्सी उत्पादन गरी बिक्री शुरु गर्न लागेको हो । 

तीनपाने कोदोको रक्सीको २० सी एल बोटलमा दुई सय एमएल रक्सी राखिएको छ भने त्यसमा ६० प्रतिशत अल्कोहल रहेको छ । त्यस्तै  ‘प्योर कोदोको रक्सी’मा ७० सी एलको बोटलमा ४० प्रतिशत अल्कोहल रहेको राईले बताए । 

राईका अनुसार कम्पनीले  ‘प्योर कोदोको रक्सी’ प्रतिबोतल २५ पाउण्ड ९९ पेन्स र ‘तीनपाने कोदोको रक्सी’ को १२ पाउण्ड ९९ पेन्स मूल्य तोकेको छ ।

सो कम्पनीमा राइसहित जितेन्द्र चेम्जोङ, भरतमणि लिम्बू, आकाश सुनुवार र सुमन गुरुङको लगानी रहेको छ । यसको मार्केट अनुसार अन्य क्षेत्रमा पनि कारखाना स्थापना गर्ने निर्देशक राईले बताए ।