पाल्पा / पाल्पामा मिर्गौला पीडितको नाममा ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा पालुङटारका दीपक भन्ने ३६ वर्षीय प्रदीप गुरुङ, मोरङ उर्लाबारी नगरपालिका –९ का धनबहादुर विश्वकर्मा, पथरी शनिश्चरेका –९ का राजेश खरेल, झापा कनकाईका केदार बिक र सूर्यबहादुर विश्वकर्मा रहेका छन् ।
पाल्पाकाे सदरमुकाम तानसेनको बसपार्कस्थित करुवा होटलमा अवैध रुपमा चन्दा सङ्कलन गरी लुकिछिपी बसेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूले मिर्गौलापीडित सहयोग रसिद मार्फत अवैध रुपमा पैसा उठाउने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट २१ हजार २५५ रुपैयाँ नगद, सामाजिक सहयोग अभियान नेपाल नामक संस्थाको नाममा १३ वटा रसिद काटेको र १९ वटा नकाटेको रसिद बरामद गरेका छ ।