सुरुङ्गा / झापाको सुरुङ्गास्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको शिवसताक्षी –१० मा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक नगरपालिका –९ का ४० वर्षीय नेत्र खड्का रहेका छन् ।
पूर्ववाट पश्चिम तर्फ जादै गरेको को २ च २६३२ नं को बोलेरोलाई सोही दिशाबाट आउँदै गरेको प्र ०३–००१ क ००९५ नं को टिपरले ठक्कर दिँदा खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपर चालक मकवानपुरको थाहा नगरपालिका –८ निवासी २४ वर्षीय सहदेव कार्कीलाई इलाका प्रहरी कार्यालयले बिर्तामोडले नियन्त्रणमा लिएको छ ।