बिर्तामाेड / काठमाडौँबाट विराटनगर प्रस्थान गरेको एक जहाज दुई घण्ट पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्किएको छ । 

बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगर तर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि पुनः काठमाडौं नै फर्किएको हो । 

OM Sai Pathibhara Hospital

उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँ तर्फको पाङ्ग्रा नखुलेपछि पुनः काठमाडौँ नै फकीएको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । 

महानिर्देशक क्षेत्रीका अनुसार अहिले उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  ‘नर्मल ल्याण्ड’ गरेर पार्किङस्थलमा गइसकेको छ । 

अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरूलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ–बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए ।

विमानमा बालबालिकासहित ७३ जना यात्रु सवार थिए ।