मोरङ / मोरङको सुन्दरहरैचामा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा नगरपालिका –९ का ६३ वर्षीय डिल्ली दर्जी रहेका छन् । 

आज (शनिबार) बिहान ७ बजे सोही स्थानमा रहेको जनचेतना सामुदायिक वनमा शिरिसको रुखको हाँगा काट्ने क्रममा हाँगाले लागेर दर्जी गम्भिर घाईते भएका थिए । 

OM Sai Pathibhara Hospital

घाइते दर्जीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको हो । घटनाको बारेमा इलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।