ताप्लेजुङ / ताप्लेजुङको फुङलिङ नगरपालिका –७ मा एक युवतीको शव फेला परेको छ ।
शुक्रबार बिहान फुङलिङ नगरपालिका –४ स्थित भानु जन माविमा अध्ययनरत १८ वर्षीया पुष्पा तबेबुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बाल नरसिंह राणाले जानकारी दिए ।
बिहीबार साँझ घरबाट हराएकी पुष्पाको शव नजिकै विषको बट्टा समेत फेला परेको डीएसपी राणाले जानकारी दिएका छन् ।
राणाका अनुसार चट्टानमाथि मृतकको झ्याकेट भेटिएको र शव चट्टानमुनि फेला परेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।